Logo
Logo

जसपा गठबन्धनबाट बाहिरिने कल्पना पनि गर्न सक्दैनौं : उपेन्द्र यादव


4.7k
Shares

काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टी नबाहिरिने बताएका छन् । अध्यक्ष यादवले गठबन्धन अझ सशक्त भएर अगाडि बढ्ने र त्यसमा जसपाको पूर्ण सहयोग रहने बताए।

यो पाँच दलीय गठबन्धन बनाउनमा जसपामा मुख्य भूमिका रहेको समेत उनले बताए । त्यतै, उनले यस्तो अवस्थामा त्यतिकै छाडेर जाने कल्पना पनि गर्न नसकिने बताए ।

सीट बाँडफाँटका कारण गठबन्धनमा कुनै प्रकारको संकट नआओस् भनि सचेत मात्र गराएको उनले बताए । जसपाले गठबन्धन छाड्छ भन्ने कुरा आफूले नभनेको बताउँदै उनले अहिलेको अवस्थामा गठबन्धनको झन आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्