Logo
Logo

गठबन्धनमा सिट बाँडफाँटको टुंगो लागिसकेको छैन : पूर्णबहादुर खड्का


2.1k
Shares

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले गठबन्धन दलबीच अझै सिट बाँडफाँटको टुंगो नलागेको बताएका छन् ।

भक्तपुरका नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा भक्तपुरले आज आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले मङ्सिर ४ को चुनावमा गठबन्धनसहित जाने भए पनि सिट बाँडफाँटको टुंगो भने अझै नलागेको बताए ।

अहिलेको गठबन्धन कांग्रेसका लागि रहर नभई बाध्यता भएको चर्चा गर्दै उनले भने, ‘राजनीतिले यस्तो अवस्था सिर्जना ग¥यो कि, गठबन्धनलाई सँगै लिएर नजाने हो भने कांग्रेस एक्लै चुनाव लड्ने अवस्था छैन, कांग्रेस एक्लै जान खोजे फेरि एमालेसँग माओवादी केन्द्र, समाजवादी, मधेसवादी दलको गठबन्धन हुने अवस्था देखियो, त्यसैले पनि कांग्रेसले गठबन्धन छाड्न सक्दैन ।’

उपसभापति खड्काले संविधानको रक्षा गर्ने एजेण्डा बोकेका दल गठबन्धन तालमेलको अवस्थामा पुगेको बताउँदै उनले गठबन्धन कांग्रेसका लागि रुचि नभई बाध्यता भएको बताए । गठबन्धनमा सिट बाँडफाँट मिलाउँदा कांग्रेसले पाउने सिट सङ्ख्या घट्नसक्ने भन्दै उनले त्यस्तो अवस्थामा नेताले टिकट नपाउने अवस्थालाई बुझिदिन आग्रहसमेत गरे ।

गठबन्धन गर्दा कांग्रेसलाई बढीभन्दा बढी फाइदा हुने र क्षति कम हुनेगरी नै गठबन्धनमा सिट बाँडफाँट बताउँदै उनले गठबन्धनका उम्मेदवार जो भए पनि जिताउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

मङ्सिर ४ गते पछाडि कांग्रेसले बहुमतको सरकार सञ्चालन गर्ने बताउँदै गठबन्धनसहित दुई तिहाइ नजिकको सरकार बनाएर अगाडि बढ्ने उनको भनाइ थियो । आगामी निर्वाचनमा मतदाताको मन जित्नेगरी घरघरमा जान निर्देशन दिँदै उनले भने, ‘कांग्रेसका कारणले जनताको ठेस पुगेको मनमा के भनेर मन परिवर्तन गर्न सकिन्छ, त्यो गरौँ, मत माग्न नरम, शालिन भएर मतदाताको मन जित्ने गरी जाऔँ ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज अम्बिका बस्नेतले संसद्को गत निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट मात्रै जितेको नेपाली कांग्रेसलाई अबको निर्वाचनमा बढीभन्दा बढी कसरी जिताउने, सङ्घमा एक सय ६५ र प्रदेशमा तीन सय ३० मै कांग्रेससहितको गठबन्धनलाई जिताउने अभियानमा लाग्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्