Logo
Logo

दूतावास पुगेर प्रधानमन्त्रीले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त


693
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर महारानी शोक व्यक्त गरेका हुन् । साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् ।

महारानी एलिजावेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्