Logo
Logo
दृष्टिका १० हेडलाइन्सः

बाढीपहिरोमा ५ जनाको मृत्युदेखि गठबन्धनमा झमेलासम्म


1k
Shares

१. शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको क्षति, महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु, १० जना बेपत्ता, ९१ घरमा क्षति, ४२ घर भने पूर्ण रुपले क्षतिग्रस्त हुँदा ९ घरमा आशिंक क्षति र ४० घर उच्च जोखिममा ।

२. निर्वाचन आयोगले चारवटा प्रदेशको प्रदेशसभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्न थाल्यो, प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र छपाई सुरु, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छापिने ।

३. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई आगामी प्रतिनिधिसभाको बैठकमा पेश हुँदै, पीडित, सरोकारवाला र मानव अधिकारसम्बन्धी सङ्घ संस्थाका पदाधिकारीसँग राय, सुझाव तथा परामर्श लिएपछि सदनमा पेश गरिने, विधेयकलाई अघि बढाउने सिलसिलामा आएका प्रतिक्रिया र चासोलाई सम्बोधन गरिने, कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्द बन्दीको प्रतिवद्धता ।

४. सत्तारुढ दलका शीर्ष नेता पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट संख्या टुंगो लगाउन असफल, शनिबार बालुवाटारमा बसेको सिट सङ्ख्याबारे समझदारी गर्न बनेको कार्यदल र शीर्ष नेताको बैठकमा सिट बाँडफाँटबारे सहमति जुट्न सकेन, सबै दलको अडान कायम रहँदा गठबन्धनमा सिट बाँडफाँटमा झमेला ।

५. नेपाली कांग्रेसका नेताहरूले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने गृहमन्त्री बालकृष्ण खाँणको प्रतिकृया, पार्टी गठबन्धनमा आवद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूले गठबन्धनले उठाएको उम्मेदवारहरूको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको जिकिर, आफू कांग्रेसको केन्द्रीय सदस्य र गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित गर्ने र शान्तिपूर्ण निर्वाचन गर्ने आफ्नो दायित्व भएको भनाइ ।

६. राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारको लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी, राष्ट्रपतिको विषयलाई लिएर सत्तापक्षले अहंकारको भाषा बोलेको आरोप, नागरिकता विधेयकलाई लिएर सरकारले अनावश्यक तनाव बढाउन खोजेको भनाइ ।

७. आगामी निर्वाचनमा समानुपातिकतर्फ आफ्नो पार्टीले २० लाख मत पाउने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको दाबी, छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएकाले समानुपातिकतर्फ २० लाख मत पाउने जिकिर, देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्नेमा जोड ।

८. सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको ऊर्जामन्त्री पम्फा भुसालको भनाइ, यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने सरकारको तयारी, कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल शुल्क घटाइएको जानकारी ।

९. राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई हरायो, दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी बङ्गलादेश बिजयी, जितसँगै समूह ‘ए’ मा रहेको बङ्गलादेश ६ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लियो ।

१०. मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायद्वारा अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त, अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको प्रतिवेदन, अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्दै गइरहेको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को निष्कर्ष ।

प्रतिक्रिया दिनुहोस्