Logo
Logo

चिनियाँ जनकंग्रेस अध्यक्ष ली सोमबार नेपाल आउँदै


882
Shares

काठमाडौं । चीनका राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चाङसु सोमबार नेपाल भ्रमणमा आउँदै छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा आउन लागेका लीले उच्चस्तरीय भेटघाट गर्ने कार्यसूची छ । सभामुख सापकोटा र लीबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत छ ।

संसदीय अनुभव साटासाट र प्राविधिक सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । साथै संसद्को प्रभावकारिता र रचनात्मक विकासका लागि पनि थप चिनियाँ सहयोगको घोषणा हुने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

४ दिने भ्रमणमा लीले समकक्षी सापकोटाबाहेक प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्