Logo
Logo

महानगरले कोटेश्वरस्थित भाटभटेनीको बेसमेन्ट खाली गरायो


1.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वरस्थित भाटभटेनी बेसमेन्ट खाली गरेको छ । पार्किङको लागि स्वीकृत लिएर पनि व्यवसाय हुँदै आएकाले ती संरचना हटाइएको काठमाडौंका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए ।

उनका अनुसार पार्किङको केही हिस्सामा तरकारी तथा फलफुल प्याकिङ लगायत अन्य व्यवसाय सञ्चालन हुँदै आएको थियो ।
प्रहरी उपरीक्षक लामिछानेले अन्य प्रयोजन गरेका कारण बेसमेन्ट खाली गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्