Logo
Logo

आरजुलाई ‘मिस टुरिजम’उपाधी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ साउन । ‘मिस टुरिजम–२०१९’को उपाधी आरजु पोखरेलले जितेकी छन । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डेद्वारा सोधिएको नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन भन्ने प्रश्नको उत्कष्ट उत्तर दिँदै आरजुले यस वर्षको ‘मिस टुरिजम’ उपाधी आफ्नो पोल्टामा पारेकी हुन् । प्वाईन्ट मिडिया प्रालिद्वारा आयोजित प्रतियोगितामा आरजुले शीर्ष उपाधिसहित मिस डिसिप्लिन र मिस फ्रेण्डसिप हात पारिन् ।
त्यस्तै, मिस टुरिजम–२०१९ फस्र्ट रनरअप युशिका तुलाधर र सेकेण्ड रनरअप सविता न्यौपाने भए । तुलाधरले मिस ट्यालेन्ट र न्यौपानेले मिस पर्सनालिटिको उपाधी पनि प्राप्त गरिन् । त्यसैगरी फोटोजेनिकमा अर्पना पोखरेल, फिगरमा लक्ष्मी थिङ, स्माइलमा करिना प्याथा, बेस्ट वाकमा रविना सुवाल, कन्फिडेन्टमा विजया खनाल, पपुलर च्वाईसमा लक्ष्मी श्रेष्ठ र ईन्टेलिजेन्टमा शान्ति तिमिल्सिना छनाट भए ।
विजेताहरुलाई प्वाईन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नविन काफ्ले, नेपाल पर्यटन वोर्डका सञ्चालक दीपक महत र अर्थवाउण्ड एक्सपीडिसन प्रालिका प्रबन्ध निर्देशक राजन सिम्खडाले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार प्रदान गरे ।
यो प्रतियोगिता नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने र युवालाई नेपालको पर्यटन क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले सन् २०१६ देखि आयोजना हुँदै आएको प्वाईन्ट मिडियाका निर्देशक नविन काफ्लेले बताए ।
प्रतियोगिताको निर्णायकमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्ज (नाट्टा) का अध्यक्ष सिएन पाण्डे, ग्रिकका अवैतनिक वाणिज्यदुत तथा अग्रज पर्यटन व्यवसायि विक्रम पाण्डे, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (नेपाल) का पूर्वअध्यक्ष कमल सापकोटा, टानका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, मिस नेपाल–२००० उषा खड्गी, टानका पूर्वमहासचिवहरु सागर पाण्डे र मोहन लम्साल, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, युवा पर्यटन व्यवसायीहरु राजन सिम्खडा र अञ्जन थापा (कुमार) थिए ।

प्रतिक्रिया दिनुहोस्