Logo
Logo
दृष्टिका १० हेडलाइन्सः

चोलेन्द्रको अनेक आरोपदेखि सन्दीप कालोसूचीमासम्म


2.8k
Shares

१. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बाँकी बयान भदौ २८ गते मंगलबार हुने, न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै कारण नभएको बयान, सोमबारसम्ममा ३५ प्रश्नको जवाफ दिएका चोलेन्द्रले मङ्गलबार आठवटा प्रश्नको जवाफ दिने ।

२. मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची असोज २ र ३ गते पेस गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक, सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्त र कानुनबमोजिम आवश्यक कागजात अनिवार्यरूपमा पेस गर्न दलहरूलाई निर्वाचन आयोगको आग्रह, पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम ।

३. केन्द्रीय सुरक्षा समितिको बैठकले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको विशेष सुरक्षा योजना पारित गर्यो, निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षा निकाय मिलेर ‘विशेष सुरक्षा योजना’ तयार पारे, केन्द्रीय सुरक्षा समितिले पारित गरेको सुरक्षा योजनाका आधारमा जिल्ला सुरक्षा समितिले थप योजना बनाउन सक्ने ।

४. संघीय संसद् प्रतिनिधिसभाका सदस्यहरू असोज १ गते सभामुख सभामुख अग्निप्रसाद सापकोटाद्वारा आयोजित भोज खाएर बिदा हुने, २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरूको बिदाइका लागि सभामुखद्वारा असोज १ गते भोज आयोजना, नयाँ निर्वाचन घोषणा भएकोले प्रतिनिधिसभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने ।

५. सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको अस्वभाविक अडानका कारण सिट बाँडफाँट अझै अन्योलमा, कार्यदलले सिट बाँडफाँटका लागि बुझाएको अपूरो प्रतिवदेनमा शीर्ष नेताले छलफल नै गरेनन्, कांग्रेसलाई ८५, माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २०, जसपालाई १५ र अन्य दललाई ५ सिट बाँडफाँट गर्नुपर्ने मध्यमार्गी प्रस्ताव ।

६. बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवद्धता, मुलुकको स्थायित्व, विकास र समृद्धिको वातावरण तयार पारे विदेशिएका युवा आफैँ फर्किएर आउने विश्वास, उद्योगमैत्री ऐन कानुन, बनाउने, विदेशमा रहेका युवाका आर्जित सीप र पुँजीलाई नेपालमा लगानी गर्नसक्ने बनाउने अठोट ।

७. नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानबाट निलम्बित सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा, १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखियो, खेलका क्रममा वेष्टइन्डिजमा रहेका सन्दीप केही दिनमा नेपाल फर्कदै ।

८. नेपाल प्रहरीले आगामी मंसिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि भर्ना आह्वान गर्यो, म्यादीमा भर्ना हुन चाहनेले भदौ ३० देखि दरखास्त दिन सक्न, आगामी असोज ९ गतेदेखि छनोट प्रारम्भ हुने । 

९. राजधानीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै पहिलो जीत दर्ता गर्यो, सुदूरपश्चिमले प्रदेश नं १ लाई १३ रनले पराजित गरेको सुदूरपश्चिम प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल, यस जीतसँगै सुदूरपश्चिमले तीन खेलबाट चार अङ्क जोड्यो ।

१०. रुसी सेनाको बब्जामा रहेको कुपिनास्क सहरलाई युक्रेनका सेनाले नियन्त्रणमा लिए, यो सहर युक्रेनका लागि पूर्वी आपूर्तिको सन्दर्भमा यो सहर निकै महत्वपूर्ण, आफ्नो सेनाले पुनः संगठित भएर आक्रमण बढाउनले रुसको रक्षा मन्त्रालयको भनाइ ।

प्रतिक्रिया दिनुहोस्