
काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ
हाल प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ।
सोमबार देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ हित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मंगलबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।












