
काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका विवादास्पद समिति खारेज गरेको छ ।
मनोमानि ढंगले चलिरहेका सबै समिति विघटन भएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताए । तत्काल नेविसंघ त्रिवि समितिको अधिवेशन गर्ने वातावरणन तय गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै शेर्पाले नेपाल विद्यार्थी संघलाई वैधानिक ढङ्गले मूर्त रुप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइ क्याम्पस अधिवेशन गर्ने प्रतिबद्धता व्यक्त गरे । अधिवेशनको वातावरण सिर्जना गरि अधिवेशन प्रक्रियामा सहभागी हुन समेत सबैमा आग्रह गरे ।
केन्द्रीय समितिको परिपत्र, समन्वय तथा निर्देशनबिना त्रिवि समितिको रिक्तताको समयमा कुनै पनि सांगठनिक गतिविधि एवम् नियम विपरीतका क्रियाकलाप नगर्न/नगराउनु हुन सम्बन्धित अनुरोध गरिएको छ । लामो समयदेखि त्रिविमा नेविसंघ भित्रै आन्तरिक विवाद थियो ।
उनीहरूले मनोमानी ढंगबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएका थिए ।