Logo
Logo

मिस टीन ग्रीनको ताज सिम्फोनी शिवाकोटीलाई



काठमाडौं । सिम्फोनी सिवाकोटीले मिस टीन ग्रीन २०२२ र आस्था कलौनीले मिस टीन प्रिन्सेस् २०२२ को ताज जितेका छन् ।

अनुजा मिडियाद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमबीच ग्रान्ड फिनाले सम्मन्न भएको हो । साथै मिस टिन स्टारको ताज रास्ता महर्जन र मिस ब्यूटी विथ पर्पोस स्यारोन बज्राचार्यले जितेकी छन् ।

कार्यक्रममा मिस पब्लिक चोइसको ताज प्रमिला छेत्रीले जितिन भने मिस राइजिङ स्टारको ताज मलिका श्रेष्ठ जित्न सफल भइन् । प्रमुख निर्णायक शिक्षाविद् तथा समाजसेवी रमेशकुमार सिलवाल तथा अन्य निर्णायक समाजसेवी कमलकेशरी तुलाधर, व्यवसायी जिज्ञासा अर्याल, ब्यूटिसियन रुश्का श्रेष्ठ, होटल व्यवसायी विष्णुबहादुर कार्की र मोडेल निशा राई थिए ।

ब्रीज इन्टरनेशनल एडुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजन थियो । प्रमुख अतिथि शिक्षाविद् डा. राजेन्द्र केसीले यस्ता कार्यक्रमले किशोरीको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

अनुजा मिडियाले विगत ३ वर्षदेखि किशोरीहरुको प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकासको लागि काम गरिरहेको संस्थापक अनुजा अचार्यले बताइन् ।

प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी थिइन भने कार्यक्रमको संचालन रोजिन शाक्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्