काठमाडौं । डेँगु रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको भूमिका प्रभावहीन भएको सांसदहरुले आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रेम सुवालले डेंगु रोकथाममा स्वास्थ्य मन्त्रालयको भूमिका प्रभावकारी नभएको बताएका हुन् । उनले डेंगुबाट जनता पीडित भइरहेको बेलामा पनि स्वास्थ्य मन्त्रालयले प्रभावकारी भूमिका नखेलेको आरोप लगाए ।

‘कोरोनापछि डेंगु रोगले जनता पीडित छन् । अस्पतालमा शैया अभाव छ । यो त महामारीको रुपमा फैलिँदैछ’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो । स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन । जनताको मृत्यु भइरहेको छ । स्वास्थ्य मन्त्रीलाई बोल्न समय दिइयोस् ।’
पछिल्लो समय डेंगु संक्रमण बढ्दो छ । हालसम्म ९ हजार बढी मानिस संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।