Logo
Logo

यु-१७ साफ : नेपाल उपविजेतामै सिमित



काठमाडौं । नेपालविरुद्ध सहज जितसँगै भारतले यु १७ साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

बुधबार रोसकोर्स अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न खेलमा भारतले नेपाललाई ४-० ले पराजित गर्यो । कप्तान प्रशान्त लक्ष्मण रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको नेपालबिरुद्द भारतले सहज जित निकाल्यो ।

भारतको जितमा बबी सिंह, कोरोउ सिंह, थाग्लालसोनु गाग्टे र अमनले गोल गरे । खेलको १७औं मिनेटमा बबीको गोलबाट भारतले अग्रता बनाएको थियो । ३०औं मिनेटमा कोरोउ सिंहले भारतको अग्रतालाई दोब्बर पारे । यस्तै, ६२औं मिनेटमा गाग्टेले भारतका लागि तेस्रो गोल गरे ।

इन्जुरी समयमा अमनले गोल गर्दै भारतको सहज जित निश्चित गरे । खेलको ३८औं मिनेटमा भारतीय खेलाडीलाई धकेलेपछि नेपालका कप्तान लक्ष्मणले सोझै रातो कार्डको दर्शन गरेसँगै नेपाल १० खेलाडीमा समेटिएको थियो ।

यसअघि समूह चरणको खेलमा नेपालले भुटानलाई २-१ ले र दोस्रो खेलमा भारतलाई ३-१ ले पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा घरेलु टिम श्रीलंकालाई ६-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्