धनगढी । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
बुधबार सुदूरपश्चिमको धनगढीस्थित नेकपा एकीकृत समाजवादीको पार्टी प्रदेश कार्यालयमा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश पार्टी सचिव दिनेशचन्द्र सुवेदीले सेना र प्रहरीले राष्ट्रको सेवा गरेर निवृत्त भएर पनि आफूले पाएको जिम्मेवारी इमादार साथ निर्वाह गरेको बताए ।

प्रथम र द्वितीय विश्वयुद्धमा नेपाली सेनाले नेपाललाई विश्वमा चिनाउन ठूलो बहादुरी कमाएको भन्दै उनले पार्टीको जनसंगठनमा पनि आफ्नो अनुभव, ज्ञान, शिप र इमानदारी प्रर्दशन गरेर जनताको मन र भावना जित्नेमा विश्वास व्यक्त गरे ।
विशेष अतिथिहरूमा पार्टीका केन्द्रीय परिषद सदस्य तथा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)का केन्द्रीय अध्यक्ष धनबहादुर कार्कीले निर्वाचित समितिलाई सपथ ग्रहण गराएका थिए ।
उनले आफ्नो धारणा राख्दै एकीकृत समाजपाटी पार्टी रोज्नुको कारण बताए । ‘हामी किन नेकपा एकीकृत समाजवादी पार्टी नै रोज्यौँ त ? भन्ने सावाल राख्दै उनले राजनीतिमा गोलबन्द हुनुको उद्देश्य र औचित्य बताए ।
यस्तै विशेष अतिथि केन्द्रीय महासचिव हरिशरण गिरिले सांगठनिक संरचना विधान तथा आर्मी प्रहरीको लागि आफ्नो जिम्मेवारी अनुसार काम गर्दै सबैको हित हुनेगरी संगठनले काम गर्ने प्रतिवद्धता जनाए ।
भेलाले गणेश ब रावल को अध्यक्षतामा २१ सदस्यीय नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को सुदुरपश्चिम प्रदेश कमिटीसमेत निर्माण गरेको छ । नवगठित समितिको उपाध्यक्षहरूमा कालुसिंह साउद र हर्कबहादुर खड्का र सचिवमा कमल पौडेल रहेका छन् ।
बैठकले आगामी ३० दिन भित्र ९ वटै जिल्ला कमिटी गठन गरिसक्ने र सबै जिल्ला कमिटी बैठक गरी सदस्यता वितरण गर्ने निर्णय गरेको बताईएको छ ।
कार्यक्रममा प्रदेश इन्चार्ज र प्रदेश अध्यक्षले संगठनको सदस्यता वितरण प्रारम्भ गरेका छ । साथै, भेलाले कञ्चनपुर जिल्ला कमिटीसमेत गठन रेको छ । सो भेलाबाट कालुसिंह सावदको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ भने उपाध्यक्षमा हर्क खड्का र हरिसिंह एडी सचिवमा बलबहादुर चुनार र कोषाध्यक्षमा शंकरबहादुर सावद निर्वाचित भएका छन् ।
त्यसैगरी कैलाली जिल्ला कमिटीमा शेरबहादुर कठायतको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको छ । भेलाले बाजुरा जिल्लाको संयोजकमा चेत थापा र दार्चुलाको संयोजकमा विष्णु हुम्ली चयन भएका छन् ।
भूपूसैनिक तथा प्रहरी संगठनको हालसम्म उपत्यकासहित ८ प्रदेश कमिटी गठन भएको छ भने २७ जिल्ला कमिटी ११ आयोजक कमिटी १६ महानगर पालिका गरी विभिन्न नगरपालिका कमिटी गठन भइसकेको छ ।
भूपूसैनिक तथा प्रहरी संगठनका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डम्मरबाहादुर लुहारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।