Logo
Logo

भित्रभित्रै भ्रष्टाचार गर्ने प्रवृतिको अन्त्य गर्नुपर्छ : प्रचण्ड


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गर्दिनँ भनेर भित्रभित्रै भ्रष्टाचार गर्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने साइनबोर्ड राखेर भित्र भ्रष्टाचारबाहेक केही पनि नगर्ने व्यक्तिहरू मुलुक सञ्चालनमा रहेको भन्दै यस्तो प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्नका लागि निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्ने स्पष्ट पारे । उनले अव मुलुकमा संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्ने धारणा पनि राखे ।

देशलाई आत्मनिर्भरताको बाटोमा लान उद्योग व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै आर्थिक क्रान्तिका लागि आवश्यक परे व्यवसायीहरु सडकमा आउनुपर्ने उनले बताए ।

कार्यक्रममा व्यवसायी कृष्ण आचार्यले राजनीतिक परिवर्तनसंगै अव आर्थिक रुपान्तरणका लागि केन्द्रीत हुनुपर्ने बेला आएको बताए । उनले निर्वाचनको घोषणा पत्रमा दलहरुले आर्थिक विषयलाई प्राथमिकताका साथ समेट्नुपर्ने बताए ।

कार्यक्रमका व्यवसायीहरुले निर्वाचनका जादा व्यवसायीहरुको मुद्धालाई प्राथमिकतामा साथ अघि बढाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्