Logo
Logo

प्रहरीमा सामान नबुझाई भुक्तानी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ साउन । नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयले ६ हजार जोर डीएमएस बुट बुझाउने ठेकेदारलाई ११ हजार जोरको भुक्तानी दिएको छ । आर्थिक बर्षको अन्तिममा ४ हजार जोर डीएमएस बुट नबुझाई ठेकेदार ज्ञानेन्द्र बस्नेतले भुक्तानी लिएका छन् ।

आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी दीपक थापा र प्रबन्धका इन्स्पेक्टर केशव गौतमले बस्नेतलाई भुक्तानी दिएका हुन् ।

त्यसैगरी गुणस्तरहीन ऊलन पाइन्ट बुझाउने ठेकेदार राजमान मिश्रको कम्पनीलाई कालोसूचीमा राखी बैंक ग्यारेन्टी जफत गर्नुपर्नेमा गरिएको छैन । राजन कडरियाको झुल प्रबन्धले गुणस्तर तथा नापतौल विभागमा गुणस्तर चेक गर्न पठायो । तर प्रबन्धकै इन्स्पेक्टर केशव गौतमले अर्का ठेकेदारसँग मिलेर विभागका प्राविधिक अधिकृत किरण सुवेदीमार्फत् समयमा चेक नगरी ठेक्का नै रद्द गराउने अवस्थामा पु¥याएका छन् ।

प्रतिक्रिया दिनुहोस्