Logo
Logo

निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी



काठमाडौं । पत्रकार सुजन श्रेष्ठले निर्देशक सुदर्शन थापाविरुद्ध जाहेरी दिएका छन् । ‘सम्हालिन्छ कहिले मन’ का निर्देशक थापाले आफूमाथि गाली बेइज्जती र धम्की दिएको भन्दै श्रेष्ठले प्रहरी वृत्त, गौशालामा उजुरी दिएको स्रोतले जनाएको छ ।

‘सम्हालिन्छ कहिले मन’ले बक्स अफिसमा गरेको व्यापारको विषयमा श्रेष्ठले केही दिनअघि लेखेको समाचारलाई लिएर यी दुईबीच तनाव उत्पन्न भइरहेको थियो ।

थापाले समाचारको विषयलाई लिएर श्रेष्ठलाई कानको जाली फुटाइदिने भन्दै धम्की दिएको अडियो श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका थिए । जाहेरीपछि शुक्रबार बिहान ११ बजे दुवै पक्षलाई छलफलका लागि प्रहरीले बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्