Logo
Logo

डिजिटल होर्डिङ बोर्ड नहटाउन सर्वोच्चको अन्तरिम आदेश


8k
Shares

काठमाडौं । सर्वोच्च अदालतले डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन दिन पाउनुपर्ने माग राख्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्लेजर सुलोसनले काठमाडौं महानगरपालिकालाई विपक्ष बनाएर डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो ।

सर्वोच्चले उक्त मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म बोर्ड भने नहटाउन अन्तरिम आदेश जारी गरेको छ । महानगरले भने बोर्ड आफै नझिके महानगरले झिकेर लैजाने चेतावनी र सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्