
१. देशभर फैलिएको डेङ्गु संक्रमणले भयावह रूप लियो, डेङ्गु रोगको नियन्त्रण र उपचारका लागि कीटनाशक औषधि छर्कन राष्ट्रियसभाका सदस्यहरूको माग, डेङ्गु संक्रमणले भयावह रूप लिइसक्दा पनि सरकार मौन रहेको भन्दै आलोचना ।

२. प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुनः बयानका लागि बोलायो, शुक्रबार विहान नौ बजे बस्ने समितिको बैठकले जबरालाई पूरक प्रश्न सोध्ने, शुक्रबार पूरक प्रश्नको जवाफ लिएपछि समितिले प्रतिवेदन तयार पार्ने ।

३. कोभिडका कारण लामो समयदेखि बन्द रहेका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आयो, चीनका राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणका क्रममा द्विपक्षीय सहमतिपछि नाका खुल्यो, नाका खुलेसँगै दुवै नाकाबाट सामानसहितका कन्टेनरहरु नेपाल भित्रिए ।

४. चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा २० दशमलव ३ प्रतिशतले वृद्धि, नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ९२ अर्ब २१ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव ५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख रुपैयाँ पुग्यो ।

५. कांग्रेसका ८ सहमहामन्त्रीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्ने जिम्मा, समानुपातिकतर्फका लागि उमेदवार सिफारिस भएर आएका नामहरूलाई ८ सहमहामन्त्रीले सूचीकृत गर्ने, क्लस्टर छुट्याएर शुक्रबार बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने ।

६. विकास र समृद्धिका लागि आगामि निर्वाचनमा नेकपा एमालेले हार्नै नहुने अध्यक्ष केपी शर्मा ओलीको भनाइ, एमाले पराजित हुँदा विकास र समृद्धिको लक्ष्यसमेत पराजित हुने दाबी, आगामि निर्वाचन विगतको जस्तो सामान्य निर्वाचन नभएर विशेष अर्थ र महत्वको निर्वाचन रहेका चर्चा ।

७. मुलुकमा संरचनागत सुधार गरेर आर्थिक विकासमा ध्यान दिनुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, भ्रष्टाचार अन्त्य गर्न निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्नेमा जोड, संरचनामा देखिएका विकृति र विसङ्गतिलाई सुधार गर्न लागिपर्ने प्रतिवद्धता ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो, नेप्से परिसूचक ५७ अंकले ओरालो लागेर १ हजार ९ सय २४ दशमलव ४८ मा झर्यो, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव २३ अंकले ओरालो लागेर ३ सय ७४ दशमलव १३ मा सीमित ।

९. गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुङ्गो लाग्यो, तय भएका मध्ये २७ खेल पोखरा र ९ खेल पोखरा बाहिर हुने, २०४० सालमा राष्ट्रिय खेलकुदको दोस्रो संस्करण भएको पोखरामा ३९ वर्षपछि नवौँ संस्करण हुँदै ।

१०. बाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गर्यो, बङ्लादेशको सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ, मानवीय सहायता गर्नु छिमेकी मुलुकको हैसियतले कर्तव्य हुने ठानेर सहयोग गर्न लागेको बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाको भनाइ ।
