Logo
Logo

डेंगीका बिरामीलाई काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा


567
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगीका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

डेंगी भएर अस्पताल जानुपर्ने भए १०२ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सक्ने मेयर बालेन शाहले बताएका छन् । डेंगी संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीसँग परामर्श गर्न महानगरले अनुराेध गरेकाे छ ।

साथै महानगरले डेंगीको रोकथाम र नियन्त्रणमा टोल–टोल वा सामुदायिकरूपमा नै सक्रिय भएर लाग्न पनि उनले आग्रह गरेका छन् ।

उनले डेंगी रोकथामका लागि महानगरले थप कार्यक्रम पनि विस्तार गर्दै स्रोत र जनशक्तिको प्रयोग गर्दै जाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्