काठमाडौं । काठमाडौं महानगरका मेयर फुटफाथका पसल हटाउन अभियान नै चलाएका छन् । तर, महानगरको उक्त अभियानलाई कतिपयले मन पराएका छैनन् भने काठमाडौं महानगरबासी भने खुसी छन् ।

यस्तै, फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत् मेयर बालेन साहको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने सुझाव दिएका छन् । उक्त सुझावलाई लिएर बालेनले सामाजिक सञ्जालमार्फत नै जवाफ दिएका छन् ।
उनले डा भट्टराईलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्दथ्यो नि ।’ नेसपा अध्यक्षसमेत रहेका डा. भट्टराईले लेखेको सुझावकै मुनि कमेन्ट गर्दै बालेनले आफ्नो जवाफ लेखेका हुन् ।