
१. पाँच पटकको विजेता भारतलाई हराउँदै छैटौं साफ महिला च्याम्पियनसिपमा नेपालले इतिहास रच्यो, दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले पराजित गर्दै नेपालद्वारा फाइनल यात्रा तय, नेपालको सामना गर्न नसक्दा पाँचौ पटकका विजेत भारत यसपटक बाहिरियो ।

२. चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सरकारको सिफारिस, शनिवार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्यका लागि रिफारिस, वर्तमान संसदको कार्यकाल अत्यन्तै खराब भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको टिप्पणी ।

३. मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउने, मतदाता संख्यासमेतका आधारमा निर्वाचन आयोगद्वारा १० हजार ८ सय ९१ मतदान स्थल र सोअन्तर्गत २२ हजार २ सय २६ मतदान केन्द्रहरु रहने, मोरङ, झापा र काठमाडौँमा सबैभन्दा धेरै मतदाता हुँदा मनाङ, मुस्ताङ र डोल्पामा सबैभन्दा कम मतदाता ।

४. माथिल्लो अरुण जलविद्युत् आयोजना सम्पन्न गर्न सर्वसाधारणबाटै ३२ अर्ब जुटाउने तयारी, नेपालमा देखिने र अनुभव गर्नेगरी नै पहिलो पटक स्वदेशी तथा विदेशी लगानीकर्ताले संयुक्तरुपमा लगानी गर्ने, पहिलो पटक ४९ प्रतिशत शेयर साधारण शेयरका रुपमा लगानी हुने ।

५. निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवाना तोक्यो, निर्वाचन खर्च नबुझाउने महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई साढे ७ लाख रुपैयाँ जरिवाना, आयोगले जरिवाजना तिर्न तोकेको ६ महिनाभित्र जरिवाना नतिरे स्वतः पद जाने ।

६. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदमै हुँदा आठ करोड रुपैयाँभन्दा धेरैको घरजग्गा खरिद गरेको खुलासा, महाभियोग सिफासिर समितिले बयानका क्रममा चोलेन्द्रको सम्पत्ति खोज्दा फेला पर्यो, मुद्दा जिताइदिएवापत उनले सम्पत्ति जोडेको आरोप ।

७. यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम, बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट टीका लगाउन सकिने, असोज १० गते सोमबार घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत ।

८. आगामि निर्वाचन एमाले भर्सेज गठबन्धन हुने भएकाले पार्टीलाई जिताउने गरी लाग्न आफ्ना संसदहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशन, नेता कार्यकर्ता सबैले सम्पूर्ण शक्ति नलगाए पार्टी पराजित हुने विश्लेषण, गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भए पनि आतिनुपर्ने अवस्था नरहेको भनाइ ।

९. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको दोहोरो अङ्कको ओरालो यात्रा निरन्तर, शुक्रबार नेप्से परिसूचक १४ दशमलव १० अङ्कले ओरालो लागेर १ हजार ९ सय १० दशमलव ३८ मा सीमित, ठूल कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २३ अङ्कले ओरालो लागेर ३ सय ७१ दशमलव ९० मा झर्यो ।

१०. अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा भेटिएको फाइलको अनुसन्धान हुने, अनुसन्धानका लागि अमेरिकी न्यायाधीश रेमण्ड डियरी नियुक्त, ट्रम्पको घरमा भेटिएका कागजातहरू अदालतको कारवाहीमा प्रयोग गर्न सकिन्छ या सकिदैन भन्ने विषयमा अनुसन्धान हुने ।
