काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले हाल प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पुनः सोही कोटामा उम्मेदवार नबनाउने भएको छ ।

एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विगतमा दुईपटक वा सोभन्दा बढी समानुपातिक सांसद र राष्ट्रियसभाको सदस्य भएकालाई समेत समानुपातिक बन्द सूचीमा नराखिने जनाएका छन् ।
स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएकाहरुलाई पनि समानुपातिक सूचीमा नराख्ने विज्ञप्तिमा जनाइउको छ । पार्टीले विगतमा अवसर नपाएकालाई समानुपातिकमा अवसर दिने जनाएको छ ।












