Logo
Logo

बानिकाको छुटिएर तिमीसँग (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ साउन । पछिल्लो समय चर्चामा रहेकी गायिका बानिका प्रधानद्वारा स्वरबद्ध नयाँ गीत सार्वजनिक भएको छ । ‘छुटिएर तिमीसँग’ बोलको उक्त गीतमा गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीत रहेको छ ।
भुवन केही समययता अमेरिकामा छन् । तर, उनको गीति सिर्जना भने नेपाली संगीत बजारमा आइरहेको छ । यसैक्रममा भुवनद्वारा संगीतबद्ध यो नयाँ गीत सार्वजनिक भएको हो ।
‘सेन्टिमेन्टल’ भावको उक्त गीतको शब्दरचना शान्त राईले गरेका हुन् । भुवनले ‘छुटिएर तिमीसँग’ गीतलाई निकै मेलोडियस बनाएका छन् । अनामनगरस्थित गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको स्टुडियो भिडियो मेकिङमा ल्याएको हो ।
गायक तथा संगीतकार भुवन अमेरिका जस्तोे व्यस्त ठाउँमा रहेर पनि नेपाली गीतसंगीतमा निरन्तर आइरहेका छन् । सांगीतिक क्षेत्रमा चर्चामा रहेकै बेला पारिवारिक कारणले अमेरिका पुगेका भुवनले अनलाइनमा कुरा गर्दै भने, ‘फुर्सद मिलेको बेला यहाँ पनि गीतसंगीतलाई समय दिने गरेको छु ।’
त्यसो त भुवन अमेरिका पुगेर पनि त्यहाँ थुप्रै स्टेज कार्यक्रमहरुमा देखिसकेका छन् । नेपाली गायन क्षेत्रमा छुट्टै पहिचान बनाएका भुजनले भने, ‘मलाई गीतसंगीतले मोहनी लगाएको छ । त्यसैले जहाँ भएपनि संगीत मसँगै हुन्छ ।’ उनले निकट समयमै अर्को गीत पनि सार्वजनिक गर्ने सुनाए ।

प्रतिक्रिया दिनुहोस्