Logo

एउटा अध्यायको अन्त्य



जीवनको चक्र भन्नु नै जन्म र मृत्युबीचको संघर्ष हो । यो संघर्षमा जसले राम्रो कर्म गरेको हुन्छ, उसको पहिचान पनि त्यसैले बनाउँछ । यसै क्रममा देवेन्द्र गौतमले आफ्नो परिचय एउटा पत्रकारको रूपमा स्थापित गरे ।

जतिबेला देवेन्द्र गौतमले अन्याय, अत्याचार, शोषण र निरंकुश पञ्चायती व्यवस्थाविरूद्ध कलम उचाले, त्यो बेला कम चुनौतीपूर्ण थिएन ।

२०३५-३६ सालको विद्यार्थी आन्दोलनको राप तापले देशैभर विद्यार्थी आन्दोलनको तयारीमा थिए । पाकिस्तानका प्रधानमन्त्री जुल्फीकर अली भुट्टोलाई फाँसीको सजाय सुनाइएको थियो । त्यसविरुद्ध विद्यार्थी पाकिस्तान दूतावासमा विरोध प्रदर्शन गर्न पुगेका थिए । विरोध प्रदर्शन गर्न गएका विद्यार्थीमाथि पञ्चायती शासकबाट चरम दमन भयो । त्यसैको विस्फोटले देशभर आन्दोलनको ज्वालामुखी फुट्यो ।

त्यतिबेला आन्दोलनको पक्षमा समाचार लेख्ने पत्रपत्रिका सीमित थिए । जो थिए, निर्भिक, साहसिक र जुझारू थिए, तिनैमध्ये एक थिए– पत्रकार देवेन्द्र गौतम । त्यतिबेला ‘नेपाल पोष्ट’ साप्ताहिक आन्दोलनको प्रवक्ता थियो । जसले सिङ्गो आन्दोलनको नेतृत्व गथ्र्यो ।

नेपाल पोष्टमा छापिएको हरेक शब्दले क्रान्तिको आगो ओकल्थ्यो । त्यो आगो ओकलेवापत त्यसका सम्पादक जुनसुकै बेला जेल जान तयार हुनुपथ्र्यो । यस क्रममा देवेन्द्र गौतम धेरैपटक जेल पर्नुभएको थियो । उनीमाथि पटक–पटक राजकाजको मुद्दा थोपरिएको हुन्थ्यो ।

नेपाल पोष्टमा छापिएको हरेक शब्दले क्रान्ति ओकल्थ्यो । आगो ओकलेवापत सम्पादक देवेन्द्र गौतम जुनसुकै बेला जेल जान तयार हुनुपथ्र्यो । उहाँ धेरैपटक जेल पर्नुभयो । पटक–पटक राजकाजको मुद्दा थोपरियो । तर, उहाँले कहिले सम्झौता गर्नु भएन ।

तर, मुटुलाई बलियो बनाएर उनी जेल बस्दासमेत नेपाल पोष्टले निरंकुश शासकविरुद्ध आगो ओकल्न छाड्दैनथ्यो । अन्ततः विद्यार्थी आन्दोलन दमन गर्न जति प्रयास गरे पनि शासक सफल भएनन् । राजा वीरेन्द्र जनमत संग्रहको घोषणा गर्न बाध्य भए ।

त्यसपछि नेपाल पोष्टमाथि अर्को जिम्मेवारी थपियो- बहुदलीय व्यवस्थालाई जिताउने । यस क्रममा पनि देवेन्द्र गौतमले जेलनेल भोग्न छाडेनन् । नेपाल पोष्टमाथि प्रतिबन्ध लाग्यो । तर, नेपाल पोष्टको सहयोग र साथमा अन्य धेरै पत्रिकाहरू जोडिँदै गए । यो आन्दोलनको निरन्तरताले बहुदलको पक्षमा उभिनेहरूलाई ऊर्जा प्रदान गर्याे । टंकप्रसाद आचार्य, वीपी कोइराला, मनमोहन अधिकारीको समाचारलाई देवेन्द्र गौतम सधैँ पछ्याउँथे । सबैको आशा र भरोसाको केन्द्रविन्दु थिए, देवेन्द्र गौतम ।

सादा जीवन, उच्च विचारका धनी देवेन्द्रसँग मेरो पहिलो परिचय प्रकाशलाल श्रेष्ठले पिपलबोटमा २०३६ सालमा गराएका थिए । र, म पनि नेपाल पोष्टको सहयोगमा ‘मायालु’को शृंखलासाथ आन्दोलनमा जोडिएको थिएँ । जुन पत्रिकाको पहिलो अंक नै बागमती अञ्चलाधीशले प्रतिबन्ध लगाएको थियो । अहिले सम्झँदा सपनाजस्तो लाग्ने ती दिनहरूको संघर्षले नै आजको दिन विश्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर चिनिएको हो ।

पछिल्लो समय देवेन्द्र दाई नेपालको राजनीतिमा झांगिएको विकृति र विसंगतिले वाक्कदिक्क हुनुहुन्थ्यो । नेता भन्नासाथ उहाँको मनमा घृणा जागेर आउँथ्यो । नेपालको लोकतान्त्रिक आन्दोलनमा मिडियाले पु¥याएको योगदान बिर्सिएकामा नेताहरुप्रति उहाँको दुःखेसो थियो ।

जुन व्यवस्था परिवर्तनको लागि उहाँले जीवन समर्पण गर्नुभयो, त्यो व्यवस्था परिवर्तनपछि पनि नेपालको राजनीतिक, आर्थिक, सामाजिक अवस्था परिवर्तन नभएकोमा उहाँ सधैँ दुःखी हुनुहुन्थ्यो । जीवनप्रति कुनै गुनासो उहाँमा थिएन । जे छ ठिकै छ, जीवनमा जे गरेँ, ठिकै गरेँ भन्ने उहाँको मनमा थियो ।

देवेन्द्र दाइप्रति हार्दिक श्रद्धासुमन !

प्रतिक्रिया दिनुहोस्