Logo
Logo

कलाकार सुशीला ग्लानको मृत्यु



काठमाडौं । कलाकार सुशीला ग्लान तामाङको मृत्यु भएको छ । स्वास्थ्यस्थिति जटिल समस्या देखिएपछि दुई दिन अगाडि उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना भएका तामाङको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

विगत एक दशकदेखि अभिनयमा क्रियासिल तामाङले थुप्रै म्युजिक भिडियो अभिनय गरेका छन् । काठमाडाैं शंखरापुर नगरपालिकाकी स्थायी बासिन्दा तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ लगायतका गीत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्