काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र कांग्रेस बैठकको खर्च कांग्रेसको कोषबाटै भरपाई गर्न प्रस्ताव गरेका छन् ।

शुक्रबार पार्टी कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन बैठकमा महामन्त्री थापाको प्रस्तावलाई प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले सहमति जनाएका हुन् ।
महामन्त्री थापाले भने, ‘पार्टी र गठबन्धनको खर्च जुन छ, त्यो राज्य कोषबाट भरपाई नगरौं, राज्य कोषलाई भार नथपौं भन्ने प्रस्ताव गरेको थिएँ, त्यो कांग्रेसकै कोषबाट गर्नुपर्छ भन्ने प्रस्ताव थियो । प्रधानमन्त्रीले हुन्छ भन्नुभयो ।’











