
१. मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतद्वारा कांग्रेसबाट सरकारमा सहभागी तीन मन्त्रीलाई बर्खास्त, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीहरुलाई बर्खास्त गरेपछि त्यसको काउन्टरमा मुख्यमन्त्री राउत, कांग्रेसबाट मधेश प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह बर्खास्त ।

२. आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको पार्टीको घोषणापत्रको संशोधनसहित पारित गर्ने कांग्रेसको निर्णय, प्राप्त सुझाव समावेश गर्ने गरी पारित, काठमाडौं उपत्यका बाहिर रहेका केन्द्रीय कार्यसमितिका सदस्यहरूले पठाउने लिखित सुझाव समेतलाई समावेश गर्ने, आर्थिक सुशासन र युवा रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिएर घोषणापत्रलाई अन्तिम रुप दिने ।

३. निर्वाचनको स्वच्छतालाई नखल्बल्याउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको आग्रह, संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेकाले आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागेको भन्ने मनोगत प्रकारका मिथ्या सूचना प्रवाह नगर्न अनुरोध, सञ्चारमाध्यमका अन्तर्राष्ट्रिय मूल्य र मान्यताप्रति आयोगले सधँै सम्मान गर्ने भनाइ ।

४. आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले सुरु गर्यो निर्वाचन इ–बुलेटिन र कल सेन्टर, आयोगले स्थापना गरेको प्रेस अफिसको संयोजनमा सञ्चालित भएको इ–बुलेटिन र बेग्लै संयन्त्रबाट कल सेन्टर सञ्चालन, टोल फ्रि ११०२ नम्बरमा जुनसुकै दूरसञ्चार सेवा प्रदायकका फोनबाट सम्पर्क गर्न सकिने ।

५. आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने निर्वाचन आयोगको तयारी, प्रशिक्षण प्राप्त गरेपछि प्रशिक्षार्थीले मतदातामा व्यापक जागरण ल्याउन भूमिका निर्वाह गर्ने विश्वास, मतदातालाई सुसूचीत बनाउने आयोगको जिम्मेवारी पूरा गर्दै जनस्तरसम्म मतदाता शिक्षालाई मिहीन ढङ्गले बुझाउनुपर्ने ।

६. अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट, विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षणबारे कुराकानी, विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध ।

७. सरकारले विदेशी ब्राण्डका महँगो रक्सीसहित चार प्रकारका वस्तु आयातको प्रतिबन्ध थप लम्ब्यायो, विदेशी मदिरा, महँगो गाडी, १५० सिसी इन्जिन क्षमतामाथिका मोटरसाइकल र महँगो मोबाइल आयातको प्रतिबन्ध आगामी मंसिर २९ गतेसम्म जारी राख्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय, अझैपनि विदेशी मुद्राको सञ्चितिमा सुधार आउन नसकेको र दबाब कायमै रहिरहेकाले आयात प्रतिबन्ध कायमै ।

८. कमजोर बन्दै नेपाली रुपैयाँ, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन, अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई, नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपैयाँ ४६ पैँसा, बिक्रीदर एक सय ३२ रुपैयाँ छ पैसा तय ।

९. नवौँ राष्ट्रिय खेलकुदको समुद््घाटन समारोहका अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम, ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनबाट औपचारिक उद्घाटन, सातवटै प्रदेश, तीन विभागीय, एनआरएन सहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ सहभागी ।

१०. युक्रेनविरुद्ध तत्कालका लागि थप ठूलो आक्रमण आवश्यक नरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ, क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई नष्ट गर्नु नभएको धारणा, इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित, देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास ।












