Logo
Logo

इलाम-२ : सुवासचन्द्रलाई डम्बर तगारो, कसले मार्लान् बाजी ?



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि इलाम–२ मा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । इमाल–२ बाट एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता डम्बरबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

नेम्वाङ यस निर्वाचन क्षेत्रबाट चार पटक निर्वाचित भइसकेका छन् । उनी इमाल–२ बाट ०५६, ०६४, ०७० र ०७४ मा विजयी भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भइ संविधान सभा अध्यक्ष बनेका थिए ।

आगामी निर्वाचनमा पनि जित निकाल्दै पाँचै पटक संसद्को यात्रा गर्ने दाउमा छन् नेम्वाङ । तर, उनलाई सहज भने देखिँदैन । उनका प्रमुख प्रतिस्पर्धी खड्कालाई पाँच दलीय सत्ता गठबन्धनको साथ भएकोले यसपटक नेम्वाङलाई कठिन हुने देखिन्छ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार यस क्षेत्रमा सत्ता गठबन्धन केही हजार मतले अगाडि छ । इलाम–२ मा सत्ता गठबन्धनसँग मत ३५ हजार ९७२ मत छ भने एमालेसँग ३२ हजार ५२७ मत रहेको छ ।

स्थानीय तहमा यस क्षेत्रमा कांग्रेसले ३२ हजार ९७८, नेकपा एमाले ३२ हजार ५२७, नेकपा माओवादी केन्द्र दुई हजार ७१७, जसपा ५५४, एकीकृत समाजवादी २७७ र राप्रपाले १३० मत पाएका थिए ।

सत्ता गठबन्धनले इमानदारी देखाए यसपटक नेम्वाङलाई अफ्ठ्यारो पर्न सक्छ । एमाले विभाजनले यसपटक नेम्वाङलाई संसद्सम्मको यात्रा निकै कठिन हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्