Logo
Logo

सल्लेरी पाखैमा नग्मा र पुष्पको रोमान्स (भिडियो)



काठमाडौं । गायक बिक्रम थापा र रिता श्रेष्ठको स्वरमा पुर्वेली गीत ‘सल्लेरी पाखैमा’ सार्वजनिक भएको छ ।

कृश श्रेष्ठको प्रस्तुति रहेको उक्त गीतमा बिक्रम थापाकै संगीत रहेको छ भने भीषण मानन्धरको संगीत सयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको छ । यस गीतलाई सन्तोष कटवालले लेखेका हुन् ।

उक्त गीतको भिडियोमा पुष्प खड्का र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । उत्तम हुमागाईको सिनेमाटोग्राफी, दिल्सन शाहको कलर सम्पादन, प्रशान्त तामाङको कोरियोग्राफी र शृङ्गार सर्मिला सुनुवारको रहेको छ । यस भिडियो प्राकृतिक रमणिय सल्लेरी पाखा, प्राकृतिक झरनामा छायाँकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्