Logo
Logo

कला र साहित्य क्षेत्रमा यस्तो छ कांग्रेसको प्रतिवद्धता



काठमाडौं । नेपाली कांग्रेसले देशका सातै प्रदेशमा भाषा, साहित्य, कला, संस्कृति, संगीत, चलचित्र, नाटक प्रदर्शनका लागि प्रेक्षालय स्थापना गर्ने जनाएको छ । शनिबार चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै सो प्रतिवद्धता जनाएको हो ।

साथै, विभिन्न जातजाति, समदाय र भूगोलको भाषा, साहित्य, कला, संस्कृति, संगीत एवं इतिहास झल्किने कम्तिमा प्रदशस्तरीय एक संग्रहालय स्थापना गरी नेपालका सबै जातजातिका भाषाहरुमा पठनपाठनको व्यवस्था गर्ने समेत कांग्रेसले प्रतिज्ञा गरेको हो ।

राज्यको लगानी अभिवृद्धि गर्दै स्रष्टा–सजकहरुका वृति–विकास र क्षमता अभिवृद्धि गरिने पनि प्रतिज्ञा पत्रमा उल्लेख छ ।
नेपाले प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लगायत देशका महत्वपूर्ण प्राज्ञिक सघ–संस्थाहरुलाई अझ प्रभावकारी बनाउन पयाप्त बजेट विनियोज गर्ने पनि कांग्रेसले प्रतिवद्धता जनाएको छ ।

विद्यालय तहदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रमा नेपाली साहित्य, कला, संस्कृति, इतिहास एवम् ज्ञान–विज्ञानका विषयवस्तहरु समाहित गरी समय सापेक्ष परिमाजर्न गरिने कांग्रेसले जनाएको छ ।

साथै, कला साहित्यका अन्य विधालाई जस्तै नेपाली चलचित्र र सम्बन्धित क्षेत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालय मातहत राखर नियमनकारी संस्थालाई राष्ट्रिय चलचित्र आयोगको रुपरूपमा रूपान्तरण गर्ने प्रतिवद्धता कांग्रेसले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्