Logo
Logo

बद्री पंगेनीको ‘अघि अघि प्रचण्ड’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । कुनै समय ‘सही पनि एमाले, मैं पनि एमाले’ बोलको गीत गाएर ‘एमाले’ ट्याग पाएका जनगायक बद्री पंगेनीले अहिले आएर नेकपा माओवादी केन्द्रको चुनावी गीत गाएका छन् ।

बद्री पंगेनी र प्रिया प्रिया भण्डारीले गाएको मै पनि एमाले’ बोलको गीत अहिले पनि एमालेले आफ्नो चुनावी गीत बनाएको छ । यसैबेला बद्री पंगेनीले मंसिर ४ गते हुने चुनाव लक्षित नेकपा माओवादी केन्द्रको गीत ‘अघि अघि प्रचण्ड’ गाएका हुन् ।

यो गीत चेतेन गोतामेको अफिसियल युट्युबबाट मंगलबार सार्वजनिक गरिएको छ । गायिका स्मृति दाहालसँग गाएको यो गीत यो समाचार बनाइरहँदासम्म १३ हजार बढीले हेरिसकेका छन् । गीतको भिडियोमा अहिलेकी चर्चित मोडल करिश्मा ढकाल, लोमास शर्मा र चेतेन गोतामे फिर्चड छन् । भिडियोमा तत्कालीन जनयुद्धकालीन दृश्य र १२ बुँदे सम्झौताको विषयलाई समेत समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्