Logo
Logo

बहुप्रतिक्षित फिल्म ‘अवतार : द वे अफ वाटर’को यस्तो बन्यो ट्रेलर



काठमाडौं । हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । विश्व प्रतीक्षित ‘अवतार ः द वे अफ वाटर’को वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ट्रेलर रिलिज गरेको हो ।

ट्रेलरमा पानीमुनि विभिन्न निलो जीवहरू देखाइएको छ । जेम्स क्यामरुनले निर्देशन गरेको फिल्ममा सुली परिवारका जेक, नियतिरी र उनका बालबच्चाको संघर्ष देखाइएको छ । फिल्ममार्फत जेम्सले उनीहरुले एकअर्कालाई सुरक्षित राख्न र बाँच्नका लागि गरेको संघर्ष देखाउन खोजेका छन् ।

साइन्स फिक्सन यस फिल्म नेपालमा १ पुसमा रिलिज हुँदैछ । १३ वर्षपछि विश्वव्यापी प्रदर्शन हुन लागेको यो फिल्मलाई नेपाली दर्शकले समेत प्रतिक्षा गरेका छन् । ‘अवतार’को पहिलो श्रृंखलाले विश्वव्यापी सर्वाधिक ग्रस कमाउने रेकर्डसमेत राखेको छ ।

साम वर्थिङ्टन, जोय साल्दाना प्रमुख भूमिकामा रहेको फिल्मको ट्रेलरले उनीहरुको बालबच्चालाई समेत चित्रण गरेको छ । फिल्म ३ घण्टा १० मिनेट रहेको हलिउड रिपोर्टर म्यागजिनले उल्लेख गरेको छ ।

फिल्मको ट्रेलरमा पृथ्वीबाट पाण्डोरा ग्रहमा पुगेको मानिसको सेना र आदिवासीबीच लडाइँ हुन्छ । यसपटक पाण्डोराको समुद्रमा भएको लडाइँलाई निर्देशक जेम्स क्यामरुनले प्रस्तुत गरेका छन् । २५ करोड अमेरिकी डलरमा निर्माण भएको यो फिल्म डिसेम्बर १६ तारिखबाट विश्वका १६० भाषामा प्रदर्शन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्