Logo
Logo

‘गठबन्धनलाई नजिताइ भाछैन…’ (भिडियोसहित)



काठमाडौं । मंसिर ४ गते नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलले आफ्नो चुनावी गीत सार्वजनिक गरिरहेका छन् । यसैबेला सत्ता गठबन्धनको संयुक्त गीत सार्वजनिक भएको छ ।

पाँच दलीय गठबन्धनलाई समेटेर तयार पारिएको ‘गठबन्धनलाई नजिताइ भाछैन’ बोलको गीतमा चेतन सापकोटा र स्मिता दाहालले स्वर दिएका छन् । उक्त गीतको भिडियोमा चेतन कार्की, सिमरन कार्की र सुष्मा कार्कीलगायतका कलाकारले नृत्य गरेका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासंघको प्रस्तुती रहेको गठबन्धन गीतमा शब्द, संगीत र निर्देशन चेतनकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्