Logo
Logo

आत्महत्या प्रयासबारे प्रकाशको प्रस्टीकरण : ‘केहि छिन हराउँनु मर्नु हैन नि’



काठमाडौं । गायक प्रकाश दूतराजले आत्महत्याको प्रयासबारे प्रस्टीकरण दिएका छन् ।

गायिका भूमिका गिरीसहित कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया पुगेका प्रकाशले आइतबार राति आत्महत्याको प्रयास गरेकोबारे सोमबार सञ्चारमाध्यममा समाचार सार्वजनिक भएका थिए ।

उक्त समाचारलाई लिएर आफू केही बेर हराएको घटनालाई आत्महत्या प्रयास गरेको भनी अतिरञ्जित गरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत दुखेसो पोखेका छन् ।

आत्महत्या प्रयासको समाचार सार्वजनिक भएपछि आमाले फोन गरेको स्मरण गर्दै उनले आफूलाई माया गर्ने तमाम सुभेक्षुक र आफन्तको मायालाई लत्याएर आफूले त्यस्तो निर्णय लिन नसक्ने प्रस्ट पारेका छन् ।

उनले गलत बुझाई तथा सूचनाको आधारमा प्रकाशित समाचारहरूले पर्न गएको असर प्रति माफी पनि मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्