Logo
Logo

प्रहरीको सीआइबी निकम्मा, अनुसन्धानका लागि लगेका कागजात मिडियामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) जटिल प्रकृतिका अपराध अनुसन्धानका लागि स्थापना गरिएको हो । तर पछिल्ला दिनमा सीआइबीका गतिबिधि सुस्त देखिएका छन् । परिसर र बृत्तहरुले गर्ने सामान्य घटनामा सीआइवीले चासो देखाउन थालेको छ ।

सीआइबीमा नारायण खड्का र हालका डीआइजी निरजबहादुर शाहीले कार्यक्षमता प्रदर्शन गर्न नसेकेको देखिएको छ । सीआइबीका प्रमुखको कमाण्ड कन्ट्रोल नभएका कारण अनुसन्धानका लागि भनेर लगिएका वित्तीय संस्थाका गोप्य कागजात पनि लिक हुने गरेका छन् । सीआइबी जस्ता निकायले अनुसन्धानका लागि लगेका कागजातहरु मिडियामा आउन थालेका छन् । सीआइबीका कनिष्ट अधिकृतहरुले अनुसन्धानका लागि लगेका कागजातको फोटो खिचेर मिडियामा दिने गरेको आरोप छ । सीआइबीमा बुझाएकै दिन एक वित्तीय संस्थाको कागजात राखेर एक अनलाइनले समाचार नै प्रकाशित गरेपछि गोप्य डकुमेन्ट लिक हुने गरेको खुलासा भएको हो ।

सीआइबीले अनुसन्धानका लागि लगेका कागजात गोप्य रहनुपर्ने हो, तर लगेको दिन नै मिडियामा दिने गरेको एक पीडितको गुनासो छ । ती पीडितले सीआइबीलाई अनुसन्धानका लागि भनेर कागजात दियौं । तर दिएकै दिन मिडियामा पो आयो । यसले गोपनीयता भन्ने कुरा नरहेको देखाउँछ । यो गम्भीर लापरबाही हो । यसमा प्रहरी नेतृत्वले गम्भीर छानबिन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्