Logo
Logo

विवादितलाई नै किन रोज्छन् प्रहरीका हाकिम ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीमा आकर्षक जिल्लाको इन्चार्ज हुनका लागि सरुवाका बेला शक्तिकेन्द्र धाउने खेल रोकिन सकेको छैन । आकर्षक जिल्लामा सरुवा हुने र तस्करीदेखि विभिन्न गतिविधिलाई संरक्षण गरी कुस्त आर्थिक लाभ लिनकै लागि शक्तिकेन्द्र धाउने गर्दछन् । अझ आफू सरुवा भएपछि सँगै आर्थिक स्रोत जुटाउने क्षमता भएका आफ्ना निकट प्रहरी सरुवा गरेर लैजाने गरेका छन् । २ नम्बर प्रदेशमा सरुवा हुनासाथ डीआइजी हरि पालले डीएसपी सन्तोष खड्कालाई लगेर ८ वटै जिल्लामा घुमुवाका रुपमा परिचालन गरेका थिए । उनी २ नम्बर प्रदेशबाट विशेष ब्यूरोमा सरुवा भएपछि खड्कालाई उनीसँगै ल्याएका छन् ।

सोमेन्द्रसिंह राठौर र अली असरफ अन्सारी

पर्साका सोमेन्द्रसिंह राठौरले पनि आफूसँगै अपराध अनुसन्धानमा कार्यरत अधिकृतदेखि सिपाहीसम्मलाई लगेका छन् । अपराध अनुसन्धान महाशाखामा डीएसपी भएकै बेला एसपी बढुवा भई त्यहँी पदस्थापन भएका राठौरको २०७६ जेठ १६ मा पर्सामा सरुवा भएको थियो । उनी सरुवा हुनासाथै प्रहरीमा असुलीकलामा निपूर्ण इन्स्पेक्टर असरफ अली अन्सारीलाई उनले पर्सामा लाने प्रयत्न गरेका थिए । तर त्यतिबेला मिडियामा उनले आर्थिक चलखेलका लागि अन्सारीलाई लान खोजेको सूचना बाहिरिएपछि रोकियो । तर १० दिनअघि अन्सारीको सरुवा पर्सामा भएको छ ।

एसपी राठौर र इन्स्पेक्टर अन्सारी अपराध अनुसन्धान महाशाखामा सँगै काम गरेका थिए । महाशाखामा हुँदा उनको असुुली कलाबाट प्रभावित भएका एसपी राठौरले उनलाई सरुवा गरेर लगेका छन् । र, मुद्दाको प्रमुख बनाएर असुली गर्ने तानाबाना बुनेका छन् । अन्सारी सई हुँदा काठमाडौंको घुमुवादेखि विभिन्न बृत्तमा हुँदा पनि विवादमा परेका हुन् ।

त्यसैगरी अपराध महाशाखामा काम गरेका प्रहरी नायव निरीक्षक(सई) बिष्णु शिवाकोटीलाई पनि उनले पर्सामा लगेका छन् । असुली कलामा अन्सारीजत्तिकै निपुण दर्जाले सिपाही सुरेन्द्र कार्कीलाई पनि एसपी राठौरले पर्सामा लगेका छन् । कार्की चितवन भरतपुरमा मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहका नाइके दीपु भन्ने दीपेन्द्र श्रेष्ठसँग पनि कनेक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्