Logo
Logo

रोहितको भिडियोमा दुर्गाको यस्तो अवतार



काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा अध्ययनसँगै रोजगाररत नवगायक रोहितसिंह थापाको डेब्यु म्युजिक भिडियो ‘जुनेली रात’को टिजर सार्वजनिक भएको छ । रोमाण्टिक भर्सनको गीतमा शब्द रोशन श्रेष्ठको रहेको छ भने संगीत कल्याण सिंहको छ ।

अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको भिडियोमा स्वयम् गायक रोहितसिंह थापा र दुर्गा भण्डारीबीच अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ ।

ग्यान्योनले छायांकन गरेको भिडियोको पोस्ट प्रडक्शनको काम जी क्रियशनमार्फत भैरहेको जनाइएको छ । टिजरले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । आफ्नो पहिलो म्युजिक भिडियो दर्शक श्रोतालाई मनपर्ने कुरामा गायक थापा आशावादी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्