Logo
Logo

चर्चित डान्सर विना राउत ‘माओवादी केटो’सँग बिहे गर्ने (भिडियो)



काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनाव लक्षित गीत सार्वजनिक गरेको छ । ‘ए माओवादी केटी’ बोल गीतको भिडियो शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतको भिडियोमा अहिलेका चर्चित डान्सर तथा मोडल विना राउत र सरोज प्रजा रानाले अभिनय तथा नृत्य गरेका छन् । भिडियोमा विना र सरोजको अनस्क्रिन रोमान्स देख्न सकिन्छ ।

वि–स्टार नेपाल नामक युट्युब च्यानलमार्फ सार्वजनिक गीतमा संगीतकार समेत रहेका चेतन सापकोटा र पवित्रा गुरुङको स्वर रहेको छ ।

समीर दाहालले लेखेको गीतका लागि सुरेश अधिकारीले संगीत संयोजन गरेका छन् । यो भिडियो कुनै व्यवसायी म्युजिक भिडियोमा भन्दा कम छैन । चर्चित कलाकारलाई लिएर निर्माण गरिएको यो भिडियो युट्युबमा अपलोड गरेको केही घण्टामै चर्चामा आएको छ ।

प्रतिक्रिया दिनुहोस्