Logo
Logo

एक भोटको महत्व बुझाउने ‘सरकार’



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशभास निर्वाचनको मौन अवधि जारी छ । यस अवधिमा ए.आर. मुर्गदास निर्देशित फाउथ फिल्म ‘सरकार’ हेर्न उपयुक्त हुनसक्छ । जुन फिल्म नेपालको वर्तमान राजनीतिक परिदृश्यसँग मिल्दोजुल्दो छ ।

राजनीतिक विषयवस्तुमा बनेको ‘सरकार’ अत्यन्तै चर्चित र सफल मात्र भएन विवादास्पद पनि बन्यो । सर्वाधिक चर्चित यो फिल्मले २५० करोड भारू कमायो । र, सफल मानियो ।

फिल्मका अभिनेता विजय तमिल तथा हिन्दी फिल्मका लोकप्रिय कलाकार हुन् । फिल्ममा विजय र वारालक्ष्मीको जोडदार र सशक्त प्रस्तुती छ । वारालक्ष्मीलाई तमिलनाडुकी पूर्वमुख्यमन्त्री स्वर्गीय विजयललिता (कोमलवल्ली)को भूमिका प्रस्तुत गरिएको छ ।

एन्टागोनिस्ट् चरित्रमा उनको प्रस्तुति व्यापक तर विवादस्पद बन्यो । यसै विषयलाई लिएर विजयललिताको पार्टी ‘अल इण्डीया द्रविड मुन्नेत्र कडगम (एआडीमके)’ले अदालतमा मुद्दा हालको थियो । फिल्म प्रदर्शनमा आएपछि हलहरुमा एआडीमकेका कार्यकर्ताले प्रदर्शन गर्दा हुलदङ्गा मच्चिएको थियो ।

सरकार बनाउने कम्पनी सूर्या पिक्चरर्सका मालिक कलानिधी मारन बिपक्षी पार्टी (डीएमके)का नेता स्व. करुणानिधीका नाति थिए । यस कारण पनि कोमलवल्लीलाई गलत चरित्रको रूपमा प्रस्तुत गरिएको आरोप लागेको थियो । यसै विषयलाई लिएर फिल्मका धेरै दृश्यहरू सेन्सरका क्रममा काटिएका थिए ।

सन् २०१८ मा रिलिज भएको यो फिल्म १६२ मिनेट लामो छ । हाल ओटीटी प्लेटफर्मसहित भिडियो सेयरीङ साइट युट्युव लगायतमा पनि उपलब्ध छ ।

मूल भाषा तमेल नै भए पनि हिन्दी डब समेत उपलब्ध छ । तमेल भाषाकै हेर्न पनि हिन्दी र अंग्रेजी सवटाइटलले दर्शकलाई सहज हुन्छ । नेपालको वर्तमान परिदृश्यसँग मिल्दो छ । त्यसैले नेपाली दर्शकका लागि यो फिम रोमाञ्चक हुनसक्छ ।

०००

अमेरिकामा रहँदै आएका एक भारतीय भोट हाल्न देश आउँछन् । तर, उनको भोट अरू कसैले हालिसकेका हुन्छन् । कथा, यहीबाट प्रारम्भ हुन्छ ।

मुख्य चरित्र सुन्दर रामास्वामी वर्षको १८ सय करोड तलब पाउँने एक अमेरिकी कम्पनीका सीईओ हुन्छन् । स्वदेशमा हुने मतदानमा सहभागी हुन उनी निजी विमान चढेर आइपुग्छन् । तर, उनको भोट अरु कसैले हालिसकेका हुन्छन् ।

रामास्वामी भोट हालेर फर्कनका लागि जम्मा ४ घण्टाको समय लिएर निजी विमानमार्फत स्वदेश आएका हुन्छन् । तर, उनको नाममा अरु कसैले भोट हालिसकेपछि परिस्थिति फेरिन्छ ।

आफ्नो भोट अरु कसैले हालिसकेको विरुद्ध कानुनी लडाइँ लड्ने निधोमा पुग्छन् । अन्ततः विजय प्राप्त गर्दछन् । त्यसले देशको राजनीतिक व्यवस्थामै उथलपुथल ल्याउँछ । फिल्मको मूल कथा यै हो ।

रामास्वामी राजनीतिक नेतृत्वले जनतामाथि गरेका अन्याय, अत्याचार, भ्रष्टाचार लगायत वेथितिविरूद्ध कानुनी लडाइँ सुरु गर्छन् । अन्नतः राजनीतिमा होमिन्छन् र जनताको समर्थन प्राप्त गरेर सफलता प्राप्त गर्छन् । यो नै हो, नेपालको वर्तमान राजनीतिक परिदृश्यसँग मिल्न खोज्ने कथा ।

०००

पछिल्लो सयम नेपालको राजनीतिक परिदृश्य यस्तै कथा भएर घुमिरहेको छ । बैशाखमा सम्पन्न स्थानीय निर्वाचनले यस्तै दृश्य देखायो । जहाँ पूराना राजनीतिक पार्टीहरुको वेथितिविरुद्ध संघर्ष गरेका स्वतन्त्र निर्वाचित भए । उनीहरुले जनताको समर्थन पाए, जसरी सरकारमा रामास्वामीले साथ पाएका थिए ।

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । यस निर्वाचनमा पनि झण्डै मूलधारका पुराना पार्टीकै हारहारीमा स्वतन्त्र उम्मेदवारी छ । उनीहरुले पनि वर्तमान राजनीतिक वेथितिमै प्रश्न गरिरहेका छन् ।

‘सरकार’मा राजनीतिक विरासत बोकेका पार्टीहरूले जनताको हितमा काम गर्दैनन् भन्ने मुद्दा सपाट उतार्न खोजिएको छ । नेपालमा हाल स्वतन्त्रहरुले देशभर उम्मेदवारी दिए झै ‘सरकार’मा पनि सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी पर्छ र उनीहरु नै विजयी हुन्छन् ।

निर्देशक एआर मुर्गदासले सरकारमार्फत लोकतन्त्रमा एक भोटको महत्व मात्र बुझाएका छैनन् जनअभिमतको पावर पनि देखाउन खोजेका छन् ।

०००

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा तलिम फिल्म हेरे मात्र पनि आम मतदाताले आफ्नो मतको मूल्य बुझ्न सक्छन् ।

जसरी रामाश्वामीले आफ्नो एक भोटको महत्व बुझे त्यसरी नै आम नेपाली जनताले पनि आफ्नो मतको महत्व बुझ्न सक्नुपर्छ । हाम्रो एक मतको ठूलो महत्व छ । जुन मत सही ठाउँमा सदुपयोग हुन आवश्यक छ ।

फिल्मः सरकार
निर्देशकः ए.आर. मुर्गदास
अभिनयः जोसेफ विजय चन्द्रशेखर, कीर्ति सुरेश र वारालक्ष्मी सरतकुमार,
सङ्गीतः ए.आर.रहमा

प्रतिक्रिया दिनुहोस्