Logo
Logo

मकवानपुर २ मा एमालेको अग्रता


18.4k
Shares

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को हालसम्म दुई हजार तीन सय ८५ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।

एमालेका उम्मलेदवार महेश बर्तौलाले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई २३ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

एमालेका बर्तौलाले आठ सय ४९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार खतिवडाले आठ सय २६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले चार सय ६९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजन मैनालीले २७ मत प्राप्त गरेका छन् ।

ल्लाको निर्वाचन क्षेत्र नं। १ र २ को मत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माविमा गणना जारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्