गुल्मी । गुल्मी क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् ।

बिष्टले ६७२ र एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ६०२ मत प्राप्त गरेका छन् ।
गुल्मीमा प्रतिनिधिसभातर्फ करिब ५० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि विवाद भएको थियो ।
सर्वदलीय बैठकमा मतगणनाका लागि सहमति जुटाउन ढिलाई भएपछि मत ढिलो गरी गणना भएको हो ।














