काठमाडौं । प्रतिनिधिसभाका १६५ मध्ये ३० वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।

बुधबार दिउँसो ४ बजेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेस १३, एमाले ५, राष्ट्रिय स्वतन्त्र पार्टी ५, नेकपा माओवादी केन्द्र २, नेकपा एकीकृत समाजवादी पार्टी १, राप्रपा १ र नागरिक उमुक्ति पार्टी १ स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै स्वतन्त्र २ ठाउँमा विजयी भएका छन् ।
नेपाली कांग्रेस : १३
प्रदीप पौडेल– काठमाडौं ५
योगेश गोचन थकाली– मुस्ताङ १
मोहन आचार्य– रसुवा १
टेकबहादुर गुरुङ– मनाङ १
राजेन्द्र कुमार के. सी.– काठमाडौं १०
उदयशम्शेर जबरा– ललितपुर १
हृदयराम थानी– सुर्खेत २
सन्तोष चालिसे– काठमाडौं ३
शंकर भण्डारी– तनहुँ २
रमेश रिजाल– पर्सा ४
शेरबहादुर देउवा– डडलधुरा
प्रकाशमान सिंह– काठमाडौं १
गगनकुमार थापा– काठमाडौं ४
नेकपा एमाले ५ ठाउँमा विजयी
गोकर्ण विष्ट– गुल्मी २
कृष्ण गोपाल श्रेष्ठ– काठमाडौं ९
अम्बर बहादुर रायमाझी– उदयपुर २
प्रेमबहादुर महर्जन– ललितपुर २
योगशकुमार भट्टराई– ताप्लेजु–
राष्ट्रिय स्वतन्त्र पार्टी ५ ठाउँमा विजयी
सोविता गौतम– काठमाडौं २
गणेश पराजुली– काठमाडौं ७
विराजभक्त श्रेष्ठ– काठमाडौं ८
शिशिर खनाल– काठमाडौं ६
तोसिमा कार्की– ललितपुर ३
माओवादी केन्द्र २ ठाउँमा विजयी
पूर्ण बहादुर घर्ति मगर– रुकुम पूर्व १
लेखनाथा दाहाल– सुन्धझालि
एकीकृत समाजवादी
शेरबहादुर कुँवर- अछाम १
राप्रपा
धवल शमशेर राणा– बाँके २
नागरिक उन्मुक्ति पार्टी
गंगाराम चौधरी– कैलाली ३
त्यसैगरी स्वतन्त्रले अहिलेसम्म दुई ठाउँमा जितेको छ ।














