Logo
Logo

बीवाइडीले बनायो ३० लाख ‘न्यू इनर्जी भेहिकल’



काठमाडौं । गत हप्ता बीवाइडी (वियूल्ड योर ड्रीम) कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख यूनिट पुरा गरेको छ ।
चिनियाँ ग्लोवल ब्राण्ड बीवाइडीले आफ्नो हेडक्वाटर सान्जेन चाइनामा ३० लाख यूनिट रोलआउट गरेको खुसियालीमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

बीवाइडीले न्यू इनर्जी भेहिकलको क्षेत्रमा ३० लाख यूनिट एउटा संकेत मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धी भएको जनाएको छ । चिनियाँ निर्माताले पहिलो १० लाख यूनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो ।

त्यसपछिको अर्को १० लाख यूनिट एक वर्षमा पुरा गरेको कम्पनीले अन्तिम १० लाख यूनिट उत्पादन र विक्री ६ महिनामा पुरा गरेको हो । कम्पनीले पछिल्लो १८ महिनामा २० लाख यूनिट कार उत्पादन गरेर बजारमा पठाएको छ ।

यसलाई न्यू इनर्जी भेहिकल उत्पादनको क्षेत्रमा निकै चासोका साथ हेरिँदै आएको छ । यो उत्पादन र विक्री आंकडाबाट न्यू इनर्जी भेहिकल इन्डष्ट्रीको बढोत्तरी कसरी भएको छ र ग्लोबल ग्रिन मोविलीटीमा कस्तो सहयोग पुगेको छ ? भन्ने प्रस्ट देखाएको छ ।

३० लाख यूनिटक कार उत्पादन र विक्री भएको खुसीयाली मनाउने क्रममा बीवाइडीका अध्यक्ष तथा प्रेसिडेन्ट वाङ चुवानफुले आफ्ना सम्पूर्ण ग्राहक, मिडियाकर्मी, उद्योगका पार्टनर, लगानीकर्ता, विक्रेता डिलर र कम्पनीका कर्मचारीलाई विशेष धन्यवाद दिएका थिए ।

उक्त अवसरमा चेयरम्यानले एसियन फुटबल कन्फिडरेसनबाट सन् २०१८ को एसियन महिला फुटबल अफ दी एयरबाट सम्मानित वाङ सुवाङलाई आफ्नो ३०औ लाख उत्पादन हस्तान्तरण गरेका थिए ।

बीवाइडीले आफ्नो ग्लोबल स्ट्राटीजी अनुसार भविष्यमा ग्लोबल अटोमोवाइल बजारमा प्यासेन्जर भेहिकलको विकास र विस्तारमा अझै तिब्र गतिमा अगाडि बढ्ने जनाएको छ । अहिले बीवाइडीले आफ्नो उपलब्धता ६ वटै महादेशको ७० देशका ४०० भन्दा बढी सहरहरुमा पुर्याएको छ ।

बीवाईडी इ-सिक्सको नेपालमा माग बढ्दो छ । बीवाईडी अटो नेपालमा भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्