Logo
Logo

गायक आदित्य नारायणले भने- चाँडै नेपाली गीत ल्याउँदैछु



काठमाडौं । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन् । उनी आज हुने एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिन नेपाल आएका हुन् ।

काठमाडौंमा ओर्लिएपछि उनले भने, ‘दुई दिनका लागि नेपाल आएको छु । यद्यपि छिटै पुनःनेपाल आउने योजना बनाइरहेको छु । नेपाल घुमघाम गर्न मन पर्छ । आउँदो जनवरीमा नेपाली गीत सार्वजनिक गर्दैछु । यो मैले तयार पारेको पहिलो नेपाली गीत हो । यसले नेपालसँगको सामीप्यता थप बढाउने विश्वास छ ।’

उनले नेपाली राम्रोसँग बुझे तापनि बोल्न भने केही समस्या हुने गरेको बताए । उनको आगमनले पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ ।

गायक झा चर्चित नेपाली मुलका भारतीय गायक उदित नारायण झाका छोरा हुन् । सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा, इन्डियन आइडल जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीत सङ्गीतमा ‘कुसुमे रुमाल २’मार्फत पार्श्व गायकका रुपमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्