Logo
Logo

राजेशपायलले पहिलो पटक सार्वजनिक गरे छोराको तस्बिर



काठमाडौं । चर्चित गायक राजेशपायल राईले पहिलोपटक आफ्ना छोराको तस्बिर सार्वजनिक गरेका छन् । अहिलेसम्म विवाहको औपचारिक पुष्टि नगरेका राजेशपायलले बुधबार मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमार्फत छोरोको तस्बिर सार्वजनिक गरेका हुन् ।

नेपाली सांगीतिक क्षेत्रका मेगास्टार रुपमा चिनिएका राजेशपायलले आफ्नो पहिलो सन्तान छोराको नाम सायारेम राखेका छन् । बुधबार सायारेम पाँच महिना पूरा भएर ६ महिना लागेको अवसरमा राजेशपायलले उनको तस्बिर सर्वजनिक गरेका हुन् ।
सार्वजनिक तस्बिरमा राजेशपायल राई आफैँ भने देखिएका छैनन् । उनले दाजुका छोरी राइसासँग सायारेमको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘फस्ट राइस फिडिङ पास्नी, दिदी राइसासँग सायारेम ।’

केही समयअघि नै राजेशपायलले साङबुङ राईसँग विवाह गरेको हल्ला चलेको थियो । तर, उनले आफूलाई ‘अविवाहित’ भन्दै आएका थिए । त्यतिबेलै साङबुङले बच्चासहित आफू राजेशपायलको पत्नीका रुपमा सार्वजनिक गरे । त्यसपछि ‘राजेशपायल अविवाहित बच्चाको बाबु बनेको’ खबर बाहिरिएको थियो ।
तर, राजेशपायलले ती समाचारको खण्डन गर्दै आएका थिए । अहिलेसम्म पनि उनले आफ्नो विवाहको औपचारिक घोषणा गरेका छैनन् । तर, छोरोको तस्बिर शेयर गरेसँगै अब आफू विवाहित भएको कुरा अनौपचारिक रुपमा घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्