Logo
Logo

प्रभाससँगको प्रेम सम्बन्धबारे बोलिन् कृति



एजेन्सी । बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेम सम्बन्धमा रहेको चर्चाले यतिबेला बलिउड गर्माएको छ । तर, कृतिले प्रभाससँग अफेयरको विषयमा मुख खोलेकी छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रभाससँग प्रेम सम्बन्ध नरहेको स्पष्टिकरण दिएकी छन् । एक रियालिटी शोमा अभिनेता वरुण धावनले मजाक गर्दै भनेको कुराले अफवाहको रुप लिएको उनको भनाई छ ।

उनले सञ्जालमा लेखेकी छन्, ‘न यो प्रेम हो न पिआर । हाम्रो भेडिया (वरुण धवन) एक रियलिटी शोमा केही बढी नै वाइल्ड भएको थियो । उसको मजाकपछि कयौं अफवाह फैलियो । कुनै पोर्टलले मेरो विवाहको मिति घोषणा गर्नुपूर्व म स्पष्ट पार्न चाहन्छु कि यो अफवाहबाट टाढा रहनुन् । यो अफवाह गलत छ । यसमा कुनै सत्यता छैन ।’

उनले गलत समाचारबाट बच्न आग्रह गरेकी छन् । हालै वरुण र कृति फिल्म ‘भेडिया’को प्रमोसन गर्नका लागि एक टिभी रियालिटी शोमा पुगेका थिए, जहाँ करण जोहरले वरुणसँग सिंगल अभिनेत्रीहरुको नाम सोधे । तर, वरुणले कृतिको नाम लिएनन् ।

प्रतिक्रिया दिनुहोस्