Logo
Logo

लण्डनकाे ‘एमटीएम अवार्ड’मा अनिताले जितिन् दुई टाइटल अवार्ड



काठमाडौं, १६ मंसिर । लण्डनमा बसेर फेसन र मोडलिङ क्षेत्रमा सक्रिय मोडल अनिता लिम्बूले ‘एमटीएम अवार्ड–२०२२’मा दुई वटा टाइटल अवार्ड जित्न सफल भएकी छन् ।

यही गएको २६ नोभेम्बरमा लण्डनमा आयोजित अवार्ड समारोहमा अनिताले ‘लाइफ स्टाइल’ र वेलबिइङ्ग विधाअन्तर्गत ‘हेयर ब्युटि एण्ड फैशनिष्टा’ नामको टाइटल अवार्ड पाएकी हुन् ।

यो अवार्ड तथा पुरस्कार सन् २०१२ देखि लण्डनको दक्षिण पश्चिम, इंग्ल्याण्डमा बस्ने विभिन्न समुदायलाई केन्द्रित गर्दै प्रकाशन हुँदै आएको ‘मास्ट द म्यागजिन’ले सुरु गरेको हो ।

युकेमा दिइने यस प्रकारको यो पहिलो पुरस्कार हो । बेलायतमा बस्ने विभिन्न जातीय समुदायहरूलाई लक्षित गरी दिइने यो अवार्ड विशेषगरी एसियाली मूलकालाई प्रदान गरिँदै आएको पाइन्छ ।

विभिन्न म्युजिक भिडियो तथा र्याम्प शोहरुमा क्याटवाक गर्दै आएकी अनिता केही समयअघि लण्डनकै स्थानीय ‘आईटिभी–टू’ च्यानलबाट प्रशारित रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता भएर चर्चामा आएकी थिइन् ।
पूर्वी नेपालको ताप्लेजुङमा जन्मिएकी अनिताले लण्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय विग फेसन शोहरुमा समेत मोडलिङ गर्र्दै आएकी छन् ।
डान्स र मोडलिङलाई प्यासनका रुपमा लिँदै आएकी अनिताले ‘अक्सफोर्ड फेशन विक’, ‘लण्डन फेशन शो’जस्ता ठूला इभेन्टहरुमा समेत आफ्नो कला प्रस्तुत गरिसेकी छन् ।

प्रतिक्रिया दिनुहोस्