Logo
Logo

लुटेराको हातमा कसरी पुग्यो प्रहरीको पेस्तोल ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ भदौ ।

प्रहरीले दुई वटा चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित राजधानीबाट ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल आर्मीका भगौडादेखि विप्लव कार्यकर्तासम्म रहेका छन्। उनीहरुबाट प्रहरीले प्रयोग गर्ने पेस्तोल समेत बरामद भएको छ ।
बरामद भएका हतियार अवैधरुपमा भित्रिएका सुन लुट्ने, नक्कली सुनलाई सक्कली भनि बेच्ने र डकैतीमा प्रयोग हुने गरेको थियो। बौद्धको एक घरमा लुटपाटको योजना बनाइरहेका बेला गिरोहलाई नियन्त्रण गरेको दावी काठमाडौं प्रहरी प्रवक्ता डीसपी होबिन्द्र बोगटीले गरे।


पक्राउ पर्नेहरुमा गोरखाका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोटका २९ वर्षीय रामबहादुर तामाङ, ३० वर्षीय पिटर तामाङ, ३० वर्षीय राजन तामाङ र २५ वर्षीय धर्मराज तामाङ, गुल्मीका ३० वर्षीय युवराज भन्डारी, रसुवाका २९ वर्षीय योर्साङ घले र धादिङका २७ वर्षीय विजय तामाङ रहेका छन्।

कुशल, राम, विजय, पिटर र धर्म काठमाडौं महानगरपालिका(१६ मा रहेको हाई रेस्टुरेन्ट एन्ड डान्स बारका सन्चालकहरु हुन्। प्रहरीका अनुसार कुशल नेपाल आर्मीका भगौडा हुन् भने योर्साङ विप्लव माओवादी निकटका रहेका छन्।
काठमाडौं प्रहरी प्रवक्ता बोगटीले पक्राउ परेका अभियुक्तहरु प्रहरीको भेषमा पनि लुटपाटमा संलग्न हुने गरेको दावी गरे। ‘ पक्राउ परेकाहरुको हुलिया प्रहरीको जस्तै छ। उनिहरु आफुलाई प्रहरी बताएर लुटपाट गर्ने गरेको देखिन्छ’, उनले भने।

सुन किन्न गएका विक लुटिएपछि‘‘.

नवलपरासीको बर्दघाट(१५ मा बालकृष्ण सुनचाँदी पसल सन्चालन गर्ने योगेश विक र राजन तामाङबीच केही समयअघिदेखि चिनजान भएको हो। राजनले आफु तस्करी गरिएको सुन बेच्ने गरेको र सुन चाहिए सम्पर्क गर्न भन्थे विकलाई।

केही दिनअघि गंगालाल अस्पतालमा बुबाको उपचारका लागि काठमाडौं आएका विक राजधानीको एक गेस्ट हाउसमा कोठा लिएर बसे। विक र राजनबीच सम्पर्क भयो। राजनले आफुसँग खाडीबाट तस्करी गरि ल्याइएका ५० ग्रामका सुनका बालाहरु रहेको बताए।

विकले आफु किन्ने भन्दै राजनलाई गेस्ट हाउसमै बोलाए भदौ १९ गते। सुन किन्नेबेच्ने सहमतीपछि राजनलाई सुन लिएर आउन मान्छे बोलाए। तर त्यहाँ सुन बेच्ने मान्छे होइन, आफुलाई प्रहरी बताउने पाँच जनाको समूह आईपुग्यो। कोठाभित्र छिर्ने बित्तिकै पेस्तोल तेर्स्याउन थाले अनि केही छिनमै विकसँग रहेको ठुलो झोला लिएर भागे।

‘तर त्यो झोलामा ४०र४५ हजार रुपैयाँ मात्र पैसा रहेछ। पैसा राखेको सानो झोलामा भने उनिहरुले देखेन रछन्’, बोगटीले भने।

प्रतिक्रिया दिनुहोस्