Logo
Logo

सैन्य शिविरमा मानवरहित विमान आक्रमण, ६ सैनिकको मृत्यु



यमन, २७ पुस (एपी) । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीले मानवरहित विमान (ड्रोन) आक्रमण गरेको छ । सो आक्रमण परी सरकार समर्थक ६ सैनिकको मृत्यु भएको छ । सैन्य परेड भइरहेको स्थानमा ड्रोन आक्रमण गरेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघको उपस्थितिमा स्विडेनका गत महिना हुथी विद्रोही र साउदी अरेबियाको समर्थन रहेको यमन सरकारका बीच कैयौँ सम्झौता भएको थियो । गत चार वर्षदेखि यमन सरकार र हुथी विद्रोहीबीच शुरु भएको भीषण द्वन्द्वको अन्त्य हुने एक राम्रो अवसरका रुपमा यस सम्झौतालाई लिइएको थियो । यस सम्झौतालाई पनि बाधा पुग्ने गरी सो आक्रमण भएको बताइएको छ ।
अल अनाद एयर बेसमा भएको यो आक्रमणको सिते हुथी विद्रोही समूहले जिम्मा लिएका छन् । यमनको दोस्रो ठूला शहर एडेनबाट ६० किलोमिटर उत्तरका अवस्थित सरकारको कब्जामा रहेको लाहिज प्राप्तमा रहेको अल आनाद एयर बेसमा सो आक्रमण भएको थियो ।
यस आक्रमणका परी उच्चस्तरीय कमाण्डरहरुसहित कम्तीमा १२ व्यक्ति घाइते भएका छन् । प्रान्तीय राजधानी हुटामा रहेको आबिएन खाल्डोअन अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्